
प्रदेश सरकार (मन्त्रिपरिषद) को मिति २०७४ चैत्र ६ गतेको निर्णयानुसार प्रदेश नं. ५ प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७४ स्वीकृत भई सोही मितिको निर्णयानुसार प्रदेश योजना आयोगका उपाध्यक्षको नियुक्त गरी प्रदेश योजना आयोगको गठन गरिएको हो ।
प्रदेशको दुरगामी सोच सहितको विकासको अवधारणा तयार गर्ने, सो का उद्देश्य तथा लक्ष्य निर्धारण गर्ने, दीर्घकालिन र अल्पकालिन नीति, रणनीति तथा योजना तर्जुमा गर्ने र प्रदेश स्तरका महत्वपूर्ण नीति, कार्यक्रम र आयोजनाहरुको अनुगमन तथा मूल्याङ्कन गर्ने र सो को आधारमा प्राप्त सूचनाहरुको अध्ययन एवं विश्लेषण गरी प्रदेश सरकारलाई आवश्यकता अनुसार सल्लाह सुझाव र सहयोग प्रदान गर्ने उद्देश्यले आयोगको गठन गरिएको हो ।... थप जानकारी